2026-08-22

पुत्रदा एकादशी ब्रत- २०८३

पुत्रदा एकादशी ब्रत- २०८३ 

ओम नमो भगवते वासुदेवाय
दर्शकवृन्द जयश्रीकृष्ण, प्रणाम । राधे राधे ।।ज्योतिष सेवा सदनको युट्युब च्यानलमा यहांलाई हार्दिक स्वागत गर्दछु, म छु एष्ट्रोलोजर प्रेमानन्द शास्त्री । आज हामी यो भिडियो सामग्रीमा आउंदै गरेको पुत्रदा एकादशीको बारेमा सम्पूर्ण जानकारी लिएर आएका छौं । यो पुत्रदा एकादशी भनेको के हो ? कहिले परेको छ ? व्रत विधी के छ ? यो व्रत कस्तो ब्यक्तिले वस्ने ? यो ब्रत बस्नाले के फल प्राप्त हुन्छ ? पूजा तथा साइतको लागि उत्तम समय कुन रहेको छ ? कथाको महात्म्य कस्तो छ ? लगायतका सवै विषयवस्तुको बारेमा हामीले यहांहरुलाई जानकारी गराउंदछौं । कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला । साथै हाम्रो च्यानललाइ सब्सक्राइब गर्नु भएको छैन भने गर्नुहोला र यो भिडियोलाइ शेयर गरेर कमेन्टमा ओम नमो भगवते वासुदेवाय लेख्न नभुल्नुहोला । आउनुहोस् अघि बढौं । 
श्रावणशुक्ल पक्षका एकादशीको दिनमा मनाइने यो पर्व यस वर्ष भाद्र महिनाको ७ गते परेको छ । यस वर्ष वि।सं। २०८३ भाद्र ७ गते, आइतबार ९२३ अगस्ट २०२६० मा श्रावण शुक्ल पुत्रदा एकादशी परेको छ। यसलाई पवित्रा एकादशी, पवित्रोपना एकादशी पनि भनिन्छ। काठमाडौंको समयअनुसार श्रावण शुक्ल एकादशी तिथी भाद्र ७ गते रबिबारका दिन तदनुसार २३ अगस्ट सन् २०२६ का दिनमा परेको छ । भाद्र ७ गते बिहान करिब १स्४७ बजे प्रारम्भ भएर भाद्र ८ गते बिहान ०३ बजेर ४९ मिनेटसम्म एकादशी तिथी कायम रहनेछ । त्यसैले यसपालीको एकादशी ब्रत भाद्र ७ गते रबिबारका दिनमा नै गरिन्छ ।  
विशेषस् वैष्णव सम्प्रदायमा एकादशीको नियम सूर्योदय, दशमी(विद्धा र द्वादशी(पारणको गणनाअनुसार केही फरक हुन सक्छ। त्यसैले आफ्नो सम्प्रदायको पद्धति पालना गर्नेले त्यसअनुसार निर्णय गर्नु उचित हुन्छ। तर यस वर्षको पुत्रदा एकादशी भने सवैको लागि एउटै दिनमा परेको छ । 
🌺 २। पुत्रदा एकादशी भनेको के हो ?
पुत्रदा शब्दको अर्थ हो—पुत्र र सन्तान प्रदान गर्ने।
खास गरि एक वर्षमा दुईवटा पुत्रदा एकादशी मानिन्छन्—
पौष शुक्ल पुत्रदा एकादशी 
श्रावण शुक्ल पुत्रदा एकादशी 
हामीले अहिले चर्चा गरिरहेको चाहिँ श्रावण शुक्ल पुत्रदा एकादशी हो। यस दिन विशेषगरी भगवान् श्रीहरि विष्णुरनारायणको आराधना गरिन्छ। सन्तान प्राप्तिको कामना गर्ने दम्पतीले श्रद्धापूर्वक व्रत, विष्णुपूजा, नाम स्मरण र दान गर्ने परम्परा छ।
तर एउटा कुरा स्पष्ट बुझ्नुपर्छ—पुत्रदा भन्नाले केवल छोरा नै प्राप्त हुन्छ भन्ने संकीर्ण अर्थमा मात्र लिनु हुँदैन। वर्तमान सन्दर्भमा यसलाई सन्तान प्राप्ति, सन्तानको सुख, सन्तानको स्वास्थ्य, सद्गुणी सन्तान र वंशको मंगलका लागि गरिने व्रतका रूपमा बुझ्नु अधिक उचित हुन्छ।
📜 ३। शास्त्रीय आधार
श्रावण शुक्ल एकादशीलाई पुत्रदा एकादशी भनिएको प्रसङ्ग भविष्य पुराणमा भगवान् श्रीकृष्ण र धर्मराज युधिष्ठिरबीचको संवादका रूपमा वर्णित भएको परम्परा पाइन्छ। त्यहाँ राजा महीजितको कथा आउँछ। यस एकादशीको महात्म्यमा श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा भनेर प्रसिद्ध भएको र विधिपूर्वक व्रत गर्दा पुण्य प्राप्त हुने कुरा वर्णित छ। 
 ४। पुत्रदा एकादशीको पौराणिक कथा
द्वापर युगको प्रारम्भतिर महिष्मती नगरीमा महीजित नामका धर्मात्मा राजा राज्य गर्दथे। राजा अत्यन्त न्यायप्रिय थिए। प्रजालाई आफ्नै सन्तानसरह व्यवहार गर्थे। राज्यमा सुख, शान्ति र समृद्धि थियो। तर एउटा ठूलो दुःख थियो—राजाको सन्तान थिएन। धन, राज्य, ऐश्वर्य र सम्मान सबै हुँदाहुँदै पनि सन्तान नहुँदा राजा अत्यन्त दुःखी थिए। उनले अनेक उपाय गरे, तर सन्तान प्राप्त भएन। अन्ततः राजाका मन्त्री तथा सभासद्हरूले ऋषिमुनिहरूसँग उपाय खोज्ने निर्णय गरे। उनीहरू वनमा गएर महर्षि लोमशको दर्शन गरे। मन्त्रीहरूले राजाको दुःख सुनाएपछि लोमश ऋषिले ध्यान गरेर राजाको पूर्वजन्मको कर्म हेरे।
ऋषिले बताएअनुसार पूर्वजन्ममा राजा एक व्यापारी थिए। एकपटक अत्यन्त गर्मी र तिर्खाको अवस्थामा उनी एउटा जलाशयमा पुगे। त्यहाँ एउटा गाई र त्यसको बाछो पानी पिइरहेका थिए। व्यापारीले पहिले पानी पिइरहेको गाईलाई हटाएर आफूले पानी पिए। त्यो कर्मको परिणामस्वरूप वर्तमान जन्ममा उनले सन्तानहीनताको दुःख भोगिरहेको ऋषिले बताए। तर पूर्वजन्ममा उनले अनायासै एकादशीको दिन उपवास गरेको पुण्यका कारण यस जन्ममा राजा हुने सौभाग्य पाएको पनि ऋषिले बताए।
त्यसपछि लोमश ऋषिले उपाय बताए—
श्रावण शुक्ल पुत्रदा एकादशीको व्रत गरेर त्यसको पुण्य राजालाई समर्पण गर्नू।
मन्त्रीहरू तथा प्रजाजनले ऋषिको आज्ञाअनुसार पुत्रदा एकादशीको व्रत गरे र द्वादशीका दिन त्यस व्रतको पुण्य राजालाई समर्पण गरे।
त्यस पुण्य प्रभावले रानी गर्भवती भइन् र समय पुगेपछि तेजस्वी पुत्रको जन्म भयो। यसै कारण श्रावण शुक्ल एकादशी पुत्रदा एकादशी नामले प्रसिद्ध भएको कथा पाइन्छ। 
कथाको मुख्य शिक्षा
यो कथाले एउटा अत्यन्त गहिरो कुरा सिकाउँछ—
सानो देखिने कर्मको पनि संस्कार र परिणाम हुन्छ।
त्यसैले—
ड्ड    कसैलाई अनावश्यक दुःख नदिनु, 
ड्ड    पशुपक्षीलाई दुःख नदिनु, 
ड्ड    तिर्खाएकोलाई पानी दिनु, 
ड्ड    अन्न, जल र वस्त्रको दान गर्नु, 
ड्ड    भगवान्को स्मरण गर्नु, 
ड्ड    र आफ्नो कर्मप्रति सदैव सचेत रहनु। 
यी कुराहरू पुत्रदा एकादशीको कथाको महत्वपूर्ण सन्देश हुन्।
 ५। पुत्रदा एकादशीको व्रत कसरी बस्ने ?
दशमीका दिनदेखि तयारी
एकादशीको अघिल्लो दिन अर्थात् दशमीदेखि नै संयम सुरु गर्नु राम्रो मानिन्छ।
दशमीमा—
ड्ड    सात्त्विक भोजन गर्ने 
ड्ड    अत्यधिक भोजन नगर्ने 
ड्ड    मदिरा, मांसाहार आदि त्याग्ने 
ड्ड    झूट, क्रोध, हिंसा र विवादबाट टाढा रहने 
ड्ड    ब्रह्मचर्य पालन गर्ने 
ड्ड    भगवान् विष्णुको स्मरण गर्ने 
विशेषगरी एकादशी व्रतको संकल्प शुद्ध मनले गर्नु महत्वपूर्ण हुन्छ।
६। एकादशीको दिन पूजा विधि
बिहान सूर्योदयअघि उठेर स्नान गरी स्वच्छ वस्त्र धारण गर्ने।
त्यसपछि पूजा स्थानमा भगवान् विष्णु वा नारायणको तस्वीररमूर्ति राखेर पूजा गर्न सकिन्छ।
पूजामा प्रयोग गर्न सकिने सामग्री
ड्ड    जल 
ड्ड    पञ्चामृत 
ड्ड    अक्षता 
ड्ड    चन्दन 
ड्ड    फूल 
ड्ड    तुलसीदल 
ड्ड    धूप 
ड्ड    दीप 
ड्ड    फल 
ड्ड    नैवेद्य 
ड्ड    पहेँलो वस्त्र वा फूल 
भगवान् विष्णुलाई तुलसी अत्यन्त प्रिय मानिने भएकाले तुलसीदल अर्पण गर्न सकिन्छ।
🙏 ७। संकल्प
सरल रूपमा यस्तो संकल्प गर्न सकिन्छ—
“ॐविष्णवेनमः।मम सकल पाप क्षयपूर्वकं श्रीभगवत्प्रीत्यर्थं, सन्तानसुख(प्राप्त्यर्थं, सन्तानस्य आरोग्य(दीर्घायुष्य(कल्याणार्थं श्रावणशुक्ल(पुत्रदैकादशी(व्रतमहं करिष्ये।”
सन्तान नभएका दम्पतीले सन्तान प्राप्तिको कामना गर्न सक्छन् भने सन्तान भएका अभिभावकले सन्तानको स्वास्थ्य, दीर्घायु, सद्बुद्धि र उज्ज्वल भविष्यको कामना गर्न सक्नुहुन्छ।
🕉️ ८। कुन मन्त्र जप गर्ने ?
सबैभन्दा सरल र प्रभावकारी रूपमा—
विष्णु मन्त्र
ॐ नमो भगवते वासुदेवाय।
१०८ पटक, १०८ को धेरै माला वा आफ्नो सामर्थ्यअनुसार जप गर्न सकिन्छ।
अर्को सरल मन्त्र
ॐ नमो नारायणाय।
सन्तान कल्याणका लागि
ॐ देवकीसुत गोविन्द वासुदेव जगत्पते।देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः॥ यो मन्त्र सन्तानको कामनामा परम्परागत रूपमा जप गरिन्छ।
साथै विष्णु सहस्रनाम पाठ वा श्रवण गर्नु अत्यन्त उत्तम मानिन्छ।
 ९। व्रतमा के खाने ?
व्रतको क्षमता सबैको एउटै हुँदैन।
सक्ने व्यक्तिले – निर्जल व्रत गर्न सक्छन्।
तर स्वास्थ्य, उमेर वा अन्य कारणले निर्जल व्रत सम्भव नभए—
ड्ड    पानी 
ड्ड    दूध 
ड्ड    फलफूल 
ड्ड    फलाहार 
ड्ड    कन्दमूल 
ड्ड    सात्त्विक व्रताहार लिन सकिन्छ।
एकादशी व्रतमा मुख्य रूपमा अन्न तथा धान्यजन्य पदार्थ त्याग गर्ने परम्परा छ। विशेषतः अन्न तथा दालरगेडागुडीबाट परहेज गर्ने विधान वैष्णव परम्परामा स्पष्ट रूपमा जोडिएको पाइन्छ। 
🚫 १०। एकादशीमा के(के त्याग्ने ?
सामान्यतः—
❌चामलतथाअन्न
❌दालरगेडागुडी
❌मांसाहार
❌मदिरा
❌धूम्रपान
❌तामसिकभोजन
❌अत्यधिकनिद्रा
❌झूट
❌क्रोध
❌हिंसा
❌निन्दा
❌ परनिन्दारकलह
बाट टाढा रहनु राम्रो।
एकादशी केवल भोकै बस्ने दिन होइन, बरु इन्द्रिय संयम, भगवान् स्मरण र आत्मशुद्धिको दिन हो।
🌙 ११। रातमा जागरण
सम्भव भए राति भगवान् विष्णुको नामस्मरण, भजन, कीर्तन, विष्णु सहस्रनाम, गीता वा एकादशी महात्म्य श्रवण गर्न सकिन्छ।
कथामा पनि एकादशी व्रतसँग रात्रिजागरणको विशेष उल्लेख आएको छ। 
तर स्वास्थ्यले साथ नदिएर जबर्जस्ती रातभर जाग्राम बस्न आवश्यक छैन। श्रद्धापूर्वक भगवान्को स्मरण नै मुख्य कुरा हो।
 १२। द्वादशीमा पारण
व्रतको अर्को अत्यन्त महत्वपूर्ण पक्ष हो द्वादशी पारण।
एकादशीको व्रत गरेपछि द्वादशीमा पारण गर्नुपर्छ। पारणको समय स्थानीय सूर्योदय र तिथि गणनाअनुसार निर्धारण हुन्छ।
नेपालका लागि २०८३ भाद्र ८ गते अर्थात् २४ अगस्ट २०२६ वैष्णव परम्परामा श्रावण पुत्रदा एकादशीको द्वादशीसँग सम्बन्धित दिन देखिन्छ। 
त्यसैले पारणको ठ्याक्कै घडी काठमाडौंरआफ्नो स्थानको पञ्चाङ्ग हेरेर मात्र निर्धारण गर्नु उचित हुन्छ, किनकि पारणको समय स्थानअनुसार फरक हुन सक्छ।
 १३। सन्तान प्राप्तिको कामना गर्ने दम्पतीले विशेष रूपमा के गर्ने ?
यदि पति(पत्नी दुवैको श्रद्धा छ भने—
एकादशीको बिहान दुवैले स्नान गरी सँगै भगवान् विष्णुको पूजा गर्ने।
त्यसपछि—
भगवान् विष्णुलाई तुलसी अर्पण गर्ने। 
ॐ नमो भगवते वासुदेवाय जप गर्ने। 
विष्णु सहस्रनाम पाठरश्रवण गर्ने। 
पुत्रदा एकादशीको कथा श्रवण गर्ने। 
सम्भव भए रात्रि जागरण गर्ने। 
द्वादशीमा ब्राह्मणरसाधुरआवश्यक व्यक्तिलाई भोजन वा दान गर्ने। 
व्रतको पुण्य भगवान् तथा सन्तान प्राप्तिको कामनामा समर्पण गर्ने। 
 पुत्रदा एकादशीको वास्तविक उद्देश्य केवल “छोरा प्राप्त गर्नु” भनेर बुझ्नु अपूर्ण हुन्छ।
यसको गहिरो आध्यात्मिक सन्देश हो— कर्मशुद्धि ं भगवान्को भक्ति ं संयम ं दान ं जीवप्रति करुणा ं सन्तानको मंगलकामना।
राजा महीजितको कथाले पनि देखाउँछ कि पूर्वकर्मको प्रभाव भए पनि श्रद्धा, सत्कर्म, व्रत, दान र भगवान्को आराधनाबाट जीवनमा सकारात्मक परिवर्तन ल्याउने आध्यात्मिक मार्ग प्रस्तुत गरिएको छ। जयश्रीकृष्ण, प्रणाम । राधे राधे ।।

2026-07-28

सामुहिक शान्ति पूजा कार्यक्रम २०८३

सामुहिक शान्ति कार्यक्रम २०८३

जयश्रीकृष्ण, प्रणाम ।। यदि हजुरको जन्मकुण्डलीमा शर्पदोष, नागदोष, पितृदोष, प्रेतदोष, ग्रहणदोष, विषदोष, अङ्गारकदोष, शनिमङ्गलदोष, माङ्गलिकदोष, बैधब्यदोष तथा राहु केतु जनित हरेक दोषहरू बनेका छन् र हरेक कुरामा तनाब भोगिरहनु भएको छ भने एक पटक जन्मकुण्डली परामर्श लिएर उचित शान्ति गर्नु भएमा दोषबाट छुटकारा पाउन सकिन्छ । 
यहि आगामि नागपञ्चमीका दिनमा हरेक बर्षहरूमा झैं यस वर्षमा पनि बिभिन्न दोषहरूको निवारणका लागि सामिहिक शान्ति पूजाको आयोजना गरिएकोले सिट सिमित भएको हुंदा यथासक्य छिटो सम्पर्क गरि नाम दर्ता गराइ आफ्नो स्थान सुरक्षित गराउनुहोला । 
जन्मकुण्डलीमा शर्पदोष, पितृदोष तथा अन्य दोषहरू छ कि छैन भनेर जान्नको लागि तथा सम्पूर्ण कुण्डली परामर्शको लागि ज्योतिष सेवा सदनमा सम्पर्क गर्न सक्नुहुनेछ । देश विदेशबाट पनि अनलाइन मार्फत् सम्पूर्ण ज्योतिषिय परामर्श सेवा लिन सक्नुहुनेछ । 
आगामि सामुहिक शान्ति पूजा कार्यक्रम हुने मिति, समय र स्थान सम्बन्धि जानकारी यस प्रकार रहेको छ । 
आयोजक -         ज्योतिष सेवा सदन
पूजा हुने मिति -   २०८३ भाद्र १ गते  नागपञ्चमीको दिन .
सम्पर्क मिति  -    २०८३ श्रावण २७ गते सम्ममा नाम दर्ता गर्नुपर्ने ।
पूजा स्थान -        श्री१०८ कोटीहोम हवन कुण्ड स्थल श्रीपञ्चकन्या माता मन्दिर, 
                        रत्ननगर नगरपालिका वडा नं. १२, चितवन, बागमती प्रदेश, नेपाल।
सम्कर्क नं. -       (9865482777/ 9845026095)
Whatsapp no. +9779855062999/ +971506802475 

2026-07-28

गुरूपूर्णिमा बिशेष २०८३

गुरूपूर्णिमा बिशेष २०८३

जय श्रीकृष्ण, जयगुरुदेव ।। श्रीकृष्णं वन्दे जगत्गुरूम् ।
आज हामी कुरा गर्दैछौं एउटा यस्तो पवित्र दिनको बारेमा – जुन दिन ज्ञान, श्रद्धा र आत्मिक प्रकाशको प्रतीक हो। त्यो दिन हो – गुरूपूर्णिमा।
एक यस्तो पर्व, जहाँ हामी गुरूलाई सम्झन्छौं, सम्मान गर्छौं, र आफ्नो जीवनको मूल आधारमा पुनः एकपटक समर्पित हुन्छौं। ूगुरूपूर्णिमा, आषाढ शुक्ल पूर्णिमाको दिव्य तिथिमा मनाइने पवित्र पर्व हो। यस वर्ष २०८३ साल श्रावण १३ गते बुधबारका दिनमा  परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्विकृत पात्रो अनुसार यस दिन बेलुका ७ बजेर २९ मिनेटसम्म पूर्णिमा तिथि रहनेछ भने यसै दिनमा पूर्णिमाको व्रत हुने साथै गुरुपूजन र ब्यासजयन्ती समेत यसै दिनमा मनाइनेछ ।साथै यसै दिनबाट मानसव्रत आरम्भ समेत हुनेछ ।
यो दिन हामी हाम्रो जीवनका सच्चा मार्गदर्शक – गुरूको स्मरण र पूजन गरेर मनाउने गर्छौं। गु को अर्थ हो -अन्धकार एवं रुु को अर्थ हो - प्रकाश। गिरति अज्ञानं इति गुरूः अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। हाम्रो जीवनको अज्ञान रूपी अन्धकार बाट ज्ञानरूपि उज्यालेा तर्फको यात्रा गुरू विना सम्भव छैन, र गुरूपूर्णिमाकेा दिन त्यो समर्पणको उज्यालो क्षण हो। ूयो दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ, किनकि यसै दिन महर्षि वेदव्यासजीको जन्म भएको थियो। उहाँले चार वेद, अठार पुराण, महाभारत, र भगवद्गीता जस्ता अनमोल ग्रन्थको रचना गरेर सम्पूर्ण मानवजातिलाई दिव्य ज्ञान दिनुभएकेा थियेा। त्यही भएर वेदव्यासलाई आदि गुरू मानिन्छ। गुरु भनेको केवल पढाउने व्यक्ति होइन। गुरु भनेको जीवन देखाउने, बाटो देखाउने, भित्रको अन्धकार हटाई प्रकाशको अनुभूति गराउने त्यो महान् शक्ति हो। गुरूपूर्णिमा आध्यात्मिक साधकहरूको लागि विशेष दिन हो। वैदिक मन्त्र साधना, ध्यान, मन्त्रजप, गुरु दीक्षा वा व्रत आरम्भ गर्ने अत्यन्त शुभ दिन वा समय यसै दिनलाइ मानिन्छ । यस दिन प्रातस् स्नान गरी शुद्ध वस्त्रमा अफ्ना गुरु वा वेदव्यासजीको तस्वीर वा चरणको बिधिपूर्वक पूजा गरिन्छ, मन्त्र जपिन्छ, र आशीर्वाद लिने गरिन्छ।ू भैतिक जगतमा श शरिर गूरूके उपस्थिति छ भने यस दिनमा गूरूलाइ साक्षात् रूपमा भेटेर पूजन गरेर दक्षिणा भेटी सहित बस्त्रादि दान समेत गरिन्छ । ज्याेतिष सेवा सदनका वरिष्ठ गुरू ज्याे.पं. प्रेमानन्द शास्त्रीजीकाे अनुसार हाम्रा गुरूकेा शरिर यस लेाकमा छैन भने पनि गूरू भनेकेा ब्यक्ति वा शरिर मात्र नभइकन सच्चा शिष्यले गूरूलाइ भावबाट जहिले पनि बेालाउन र दर्शन गर्न सकिन्छ ।
आजकाे युगमा हाम्रा गुरु केवल शास्त्रका शिक्षक मात्रै होइनन् – हाम्रा बाबुआमा, हाम्रा जीवनका प्रेरक, वा कुनै पनि त्यस्ता व्यक्तिहरू समेत हुनुहुन्छ जसले हाम्रो चेतनालाई जगाउनु भएके छ । गुरूपूर्णिमा के यस दिनले हामीलाई सधैं सम्झाउँछ – कि, जीवनमा चाहे जतिसुकै उपलब्धि प्राप्त गरौं, मूलमा गुरूको कृपा र शिक्षाको प्रकाश सदैव जिवन्त रहिरहन्छ।

अजकाे यस पवित्र गुरूपूर्णिमाको दिनमा, आउनुहोस् – हामी सबैले हाम्रो जीवनका हरेक ज्ञात अज्ञात गुरूहरूलाई श्रद्धासहित नमन गरौं। त्यस दिव्य स्रोतमा फेरि एकपटक आफूलाई समर्पित गरौं, जहाँबाट हाम्रो जीवनले दिशा पाएको छ।
अन्तमा पुन अाजकाे यस महान दिन गुरूपूर्णिमाकेा अवसरमा यहांहरूलाइ हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछाैं ।
ज्येतिष सेवा सदनकाे याे सन्देश हेरिदिनु भएकेामा हार्दिक अाभार ब्यक्त गर्दै  याे सन्देशलाइ अाफन्त सम्म पनि शेयर तथा कमेन्ट गर्न नभुल्नुहेाला। हजुरलाइ अपार गुरूकृपा बनिरहेास् । धेरै धेरै अाशिर्वादकेा साथमा प्रेम प्रणाम । जय गुरूदेव । जयगुरूब्यासजी ।।

2026-04-11

मातातीर्थ अैांसी २०८३ / बिस्तृत जानकारी

मातातीर्थ अैांसी २०८३ / विस्तृत जानकारी 

हरेक वर्ष बैशाखकृष्ण आमावाश्याका दिनमा मनाइने मातातीर्थ औंसी यस बर्ष २०८३ सालको बैशाख ४ गते शुक्रबार तदनुसार १७ अप्रील सन् २०२६ का दिन परेको छ । यस वर्ष बैशाख ३ गते बेलुका ७ बजेर २२ मिनेटबाट औंशी तिथी शुरु हुनेछ भने ४ गतेको बेलुका ५ बजेर ४२ मिनेटसम्म कायम रहनेछ । औंसीको श्राद्ध ,हलो बार्ने, निशि बार्ने तथा मातातीर्थमा गएर स्नान र दान गर्ने यी सवै कार्यहरु यसै दिनमा गर्नुपर्नेछ ।  
दर्शकवृन्द हरेक बर्षको बैशाख कृष्णपक्षको औंसीका दिनमा पर्ने यो पर्व हाम्रो नेपाली समाजमा बिशेष सम्मान र महत्वका साथमा मनाइने गरिन्छ । नेपालमा यो पर्वलाइ मातातीर्थ औंसीको रुपमा चिनिनुलाइ पनि एउटा छुट्टै स्थान बिशेषको महत्व समेत झल्किएको पाइन्छ । हाम्रो देश नेपालको काठमाण्डौं जिल्लामा पर्ने मातातीर्थ भन्ने स्थानमा यस दिन बिशेष रुपले आमा–बुवा नहुने हरुले विशेष श्राद्घ गरेर आमाको बिशेष पितृ रिनबाट उरिन हुने वा मुक्त हुने तथा आमा बुवाको मृत आत्माको शान्ति र स्वधाम जानको लागि बाटोमा कुनै पनि बाधा ब्यावधान नहोस् भन्नका लागि तर्पण तथा श्राद्घ गर्ने गरिन्छ, त्यसकारणले पनि यस पर्वलाइ मातातीर्थ औंसीका नामले चिनिन्छ ।
मातातीर्थ वा अन्य प्रमुख तीर्थस्थलहरु जस्तै नेपालमा बागमती, कोका कौशिकी, त्रिशुली, सेती वेणी, चितवन तथा तनहुंको देवघाट, त्रिवेणीधाम परासी, गण्डकी, भेरी, नुवाकोट, मुक्तिनाथ कागवेनी, दामोदर कुण्ड, नजिकैको पोखरी, तलाउ आदि स्थानहरुमा गएर स्नान दान , तर्पण श्राद्घ, पीण्डदान, ब्राम्हण भोजन, कन्याभोजन आदि गरिन्छ भने घरमै बसेर दिपदान, तर्पण, पाठ–पारायण, भागवत, एकाह, पितृसुक्त, गीतापाठ तथा आरती समेत गरि आमाको आत्माको चीर शान्तिको कामना गर्ने गरिन्छ ।
यस दिनमा आमा हुनेहरुले आफ्ना आमालाइ दर्शन गर्ने, आमालाइ मनपर्ने मीठा–मीठा परीकारहरु खुवाउने , कपडा तथा आवश्यकीय सामानलाइ उपहारको रुपमा दिने गरि हर्षोल्लासका साथ मनाइन्छ भने आमा नहुनेहरुले पवित्र तिर्थ, नदि, खोला, तलाउ, इनार पनेरो वा आफ्नै घरमा भएपनि विहानै स्नान गर्ने जनै लगाउने भए जनैलाइ अवसव्य गरेर दक्षिण दिशातीर फर्केर देव्रे घुंडा टेकेर सम्भव भए तर्पण गर्ने, तिलाञ्जली दिने, श्राद्ध गर्ने, जलाञ्जली दिने अथवा आफ्नो चलन चल्ती अनुसार गर्नुर्पदछ । यस दिनमा साधकहरुले मृतआत्माको शान्तिको लागि हवन, जप, ध्यान आदि गर्ने तथा त्यस्तै यस दिनमा गीता पाठ, भागवत पाठ, पितृसुक्त पाठ, एकाह पाठ पारायण तथा पितृहवन, आरती समेत गर्ने चलन रहेको पाइन्छ । यस दिनमा दिवङ्गत आत्माको शान्तिको लागि यो मन्त्र पढेर तीन अञ्जुली जल दक्षिण दिशातीर तर्पणको रुपमा दिनुभयो भने पनि हजुर हाम्रा पितृहरु तृप्त हुनेछन् । मन्त्र यसप्रकार रहेको छ - ओम देवताभ्य पितृभ्यस्च महायोगि भ्यएवच नम स्वहायै स्वधायै नित्यमेव नमोनम ।।  ओम सर्वपितृभ्यो नमः ।।
हाम्रा शास्त्रहरुले पनि मातृशक्ति तथा आमाको महत्वका बारेमा धेरै विचारहरु ब्यक्त गरेका छन् – जस्तै : नास्तिगङ्गा समंतिर्थ नास्ति मातृसमो गुरु । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि । 
अर्थात् गङ्गा समान कुनै तीर्थ हुंदैन र आमा समान कुनै गुरु पनि हुंदैनन्, आफ्नो आमा र आफू जन्मेको भूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ । 
अब्राहम लिंकनले पनि भनेका छन् कि जो मान्छेको साथमा आमा हुन्छिन् त्यो मान्छे कहिले पनि गरिब हुंदैन ।

प्राचीन समयमा मातातीर्थ क्षेत्र नजिक एउटा गाउँमा एक युवक आफ्नी आमासँग बस्थ्यो। उसकी आमा उसलाई अत्यन्तै माया गर्थिन्—सधैं उसको लागि राम्रो खाना बनाउने, उसको हेरचाह गर्ने, र दुःख(सुखमा साथ दिने। तर दुर्भाग्यवश, त्यो युवक अलि लापरवाह र स्वार्थी स्वभावको थियो। उसले आमाको माया र त्यागको कहिल्यै कदर गरेन। समय बित्दै जाँदा उसकी आमा बिरामी भइन्। युवकले खासै ध्यान दिएन। अन्ततः आमाको मृत्यु भयो। आमा गुमाएपछि मात्र उसलाई आमाको माया र महत्त्वको गहिरो अनुभूति भयो। ऊ दिनरात रोइरहन्थ्यो, पछुतो मान्थ्यो — “ धिक्कार छ मलाइ, मैले आमालाई जीवित हुँदा माया गरेको भए”
एक दिन ऊ दुःखी मन लिएर मातातीर्थ कुण्ड पुग्यो। त्यहाँको पवित्र कुण्ड पोखरी नजिक बसेर ऊ आमालाई सम्झिँदै रोइरहेको थियो। अचानक उसले कुण्डको पानीमा हेर्दा— आफ्नी आमाको अनुहारकाे छायां देख्यो। आमाकाे जस्तै स्वर पनि उसलाई सुनियो — “बाबु, म सधैं तिम्रो साथमै छु। दुःखी नहुनु।” यो देखेर युवक अचम्मित भयो, तर उसको मनमा शान्ति आयो। उसले महसुस गर्‍यो कि आमाको माया कहिल्यै समाप्त हुँदैन, शरीर मात्र नष्ट हुन्छ। अनि यो घटना गाउँभर फैलियो। त्यसपछि मानिसहरूले विश्वास गर्न थाले— यस स्थानमा आमाको सम्झनामा पूजा गर्दा तर्पण र स्नान गर्दा दिवंगत आमाको आत्माले शान्ति पाउँछिन्। यसरी प्रत्येक वर्ष वैशाख औँसीका दिन यहाँ ठूलो मेला लाग्न थाल्यो, र यो दिन “मातातीर्थ औँसी” को रूपमा स्थापित भयो।
कथाको मुख्य सन्देश - यो कथा केवल एउटा चमत्कारको कथा मात्र होइन, गहिरो जीवन शिक्षा होस् कि आमाको माया निस्वार्थ हुन्छ । आमाको महत्व जीवित हुँदा बुझ्नुपर्छ । पछुतो पछि केही गर्न सकिँदैन । आमाको आत्मा सधैं सन्तानसँग जोडिएको हुन्छ । यस कथालाइ आध्यात्मिक अर्थ अनुसार बुझ्दा यो कथाले भन्छ— “माता केवल शरीर होइनन्, उनी ऊर्जा हुन्, आशिर्वाद हुन्।” मातातीर्थ औँसीमा गरिने तर्पण, स्नान र पूजा , कर्मशुद्धि, पितृशान्ति र मानसिक शान्ति को माध्यम मानिन्छ।

यस दिन हजुरहरु पनि आमाको गुणानूवाद गाउंदै, आमालाइ सम्मान दिंदै, संसारका आमाहरुप्रति सहानुभूति प्रकट गर्दै आआफ्नो स्थानबाट मातातीर्थ पर्वलाई विशेष धुमधामका साथ मनाउनुहोला । यहांहरु सवैलाई आमा खुवाउने औंसीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना । जयश्रीकृष्ण, प्रणाम । जय मातृशक्ति ।।

2025-10-17

धनतेरस 2082/2025 काे बारेमा जानकारी

धनतेरस २०८२/ 2025 काे बारेमा जानकारी 

धनतेरस २०८२/ धनत्रयाेदशी  काे बारेमा बिस्तृत जानकारीकाे लागि ज्याेतिष सेवा सदनकाे युट्युब च्यानलमा गएर हेर्नुहाेला । धन्यवाद। प्रणाम।।

2025-09-11

ज्याेतिषिय भविष्यवाणी २०८२ भाद्र २६ गते

ज्याेतिषिय भविष्यवाणी २०८२ भाद्र २६ गते
जयश्रीकृष्ण, प्रणाम । कृपया जेनजी समूह तथा अन्य सचेत जनताले बुझ्नुपर्ने कुरा - अाज मिति २०८२ साल भाद्र २६ गते दिउसाे ३ बजेर ५९ मिनेट भित्रमा कुनै नयां सरकारकाे संझाैता भएकाे भए त्याे सफल हुन सक्ने थियाे अव याे समय कटेपछि भाेली २०८२ साल भाद्र २७ गते दिउसाे करिब ४ बजेर २५ मिनेट भित्रमा नयां दलिय सक्तिहरू हावी र वलवान भइ नयां बाेतलमा पुरानाे रक्सी नै राखेर बजार खाेल्ने देखिन्छ अर्थात् याे विचमा दलिय शक्तिहरू जेनजीकै रूपमा उदय हुने र अन्तराष्ट्रिय गुप्तचर संस्थाहरू समेत सक्रिय भएर हाम्राे देशमा नकारात्मक भूमिका खेल्ने कुरा ज्याेतिषिय गणना अनुसार प्रष्ट देखिएकाे छ । याे समयमा कुनै पनि सरकार बन्याे भने एक महिना पनि टिक्न सक्दैन ।अहिलेकाे बिषम परिस्थितिमा देवगुरू बृहस्पति उच्च भएकाे कारणले मात्र थाेरै समयमा याे अान्दाेलन राेकिएकाे हाे अन्यथा लामाे समयसम्म र अझै धेरै धन जनकाे क्षति हुनेवाला थियाे । तर अब बन्न खाेजेकाे जुन सरकार छ त्यसले पनि यदि जेनजीले अांटेकाे जस्ताे गरि नै अघि बढ्ने हाे भने त्याे पनि अभिषाप सावित हुन सक्ने देखिन्छ ।
जेनजीकाे नामबाट बिश्लेषण गर्दा पनि मकर राशि हुन्छ जसकाे स्वामि शनिदेव हुन्छन् । शनि र मङ्गलकाे युति समेत भएकाे याे अवस्थामा अस्ति लागेेकाे खग्रास चन्द्रग्रहणकाे प्रभाव समेत जेनजीकाे राशिबाट दाेश्राे घरमा परेकाे थियाे त्यसकारण जेनजीकाे ठूलाे क्षति हुने तथा बाेलिकाे प्रभाव शून्य हुने देखिएकाे छ । याे विचमा जेनजीले यदि राजालाइ साथ लिन सकेमा गुरू बृहस्पति उच्चमा कर्कट राशिमा रहेका कारण सफल हुने सम्भावना देखिन्छ तर मैले राजालाइ सपाेर्ट गरेकाे हैन बरू याे जानकारीले जेनजीलाइ सजिलेा पर्ला कि भनेर ज्याेतिषिय बिश्लेषण अनुसार याे देखेकाे कुरा सार्वजनिक गरेकाे छु ।
मैले माथि भनेकाे समयमा अत्यन्तै खतरनाक ज्वालामुखी याेग समेत बनेकाेले याे समय जेनजी पुस्ताकाे लागि अभिषाप तथा अस्ति भएकाे त्यति ठूलाे अान्दाेलनकाे प्रतिफल समेत शून्य हुने साथै अझै बढी धनजनकाे क्षति हुन सक्ने समेत देखिएकाे छ । कृपया साेच समजका साथ अघि बढ्नुहुन समेत सुझावकाे रूपमा याे भविष्यवाणीलाइ प्रकाशन गरेकाे छु ।
(याे मेराे नितान्त ब्यक्तिगत ज्याेतिषिय धारणा हाे र ज्याेतिषिय अाधारमा ग्रह गाेचरलाइ अाधार मानेर राखेकाे छु यसलाइ अन्य राजनैतिक रूपमा नलिनुहुन समेत अनुराेध गर्दछु )।
ज्याे.पं. प्रेमानन्द शास्त्री
ज्याेतिष सेवा सदन
2025-09-05

खग्रास चन्द्रग्रहण 2025/ 2082 भाद्र 22 गते

खग्रास चन्द्रग्रहण 2025/ 2082 भाद्र 22 गते

दर्शकबृन्द, जयश्रीकृष्ण, प्रणाम ।राधे राधे ।। (याे सामग्री युट्युब भिडियाेकाे लागि बनाइएकाे कन्टेन्ट भएपनि हजुरहरूलाइ काम लाग्ने भएकाेले जस्ताकाे तस्तै यहां पेाष्ट गरेकाे छु कृपया साेही अनुसार बुझ्नुहाेला )
ज्योतिष सेवा सदनको युट्युब च्यानलमा यहालाई हार्दिक स्वागत गर्दछु । म छु एष्ट्रोलोजर प्रेमानन्द शास्त्री , आज हामी यो सामग्री अन्तरगत सन् २०२५ को सवैभन्दा खतरनाक अनि अन्तिम ग्रहणको बारेमा कुराकानी गर्नेछौं । यो ग्रहण कहां–कहां लाग्नेछ ? हाम्रो देश नेपालबाट देखिन्छ कि देखिंदैन ? हेर्न हुन्छ कि हुंदैन ? कुन–कुन राशिलाई ग्रहणको पफ्ल राम्रो रहनेछ ? भन्ने जस्ता सम्पूर्ण जानकारीहरु समेटेर यो भिडियो सामग्री तैयार पारेका छौं । कृपया हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने तुरुन्तै गर्नुहोला साथै कमेन्टमा आफू कुन राशिको हो र ग्रहण फल सुन्नुभयो कि सुन्नुभएन ? कृपया लेख्नुहोला । साथै सवैलाई शेयर गरेर यो जानकारी दिनुहोला ।  

  
अंग्रेजी वर्ष सन् २०२५ को अन्तिम ग्रहण तथा डरलाग्दो ग्रहणको रुपमा हाम्रो आकाशमा यही २०८२ साल भाद्र २२ गते रविबार तदनुसार ७ सेप्टेम्बर २०२५ का दिनमा खग्रास चन्द्रग्रहण लाग्दैछ ।यो ग्रहण पूर्ण रुपमा खग्रास हुनेछ । परमग्रास अवधिमा पृथ्वीको प्रच्छायांबाट पूर्ण रुपमा छेकिनेछ जसले गर्दा चन्द्रमाको पूरा भाग कालो देखिनेछ । 
सनातन हिन्दूधर्मको मान्यता अनुसार ग्रहणलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । यो एउटा खगोलिय घटना भएतापनि ज्योतिषशास्त्रको मान्यता तथा प्राचिन अनि धार्मिक मान्यता अनुसार यसको शुभ वा अशुभ प्रभाव मानव जातीमा मात्र नभईकन समग्र विश्व ब्रम्हाण्डका सवै चीज वस्तुमा पर्ने गर्दछ । यसको प्रभाव ज्योतिषशास्त्रको विश्लेषण अनुसार प्रत्येक राशिका ब्यक्तिहरुलाई पफ्रक – पफ्रक रुपमा पर्दछ । यस्तो ग्रहण दृश्य भएमा मात्र त्यसको प्रभाव पर्ने र अदृश्य भएमा ग्रहणको खासै प्रभाव नपर्ने कुरा धार्मिक ग्रन्थहरुमा समेत समावेश गरिएको पाइन्छ ।
यसपालीको चन्द्रग्रहणलाई विश्वभरिका धेरै स्थानहरुबाट देख्न सकिन्छ । यो ग्रहणलाई लगभग विश्वका ८५ प्रतिशत जनसंख्याले देख्न चाहेमा देख्न सक्नेछन् । हाम्रो देश नेपाल तथा छिमेकी भारतका सम्पूर्ण भूभागहरुबाट  यो ग्रहणलाई मजाले देख्न सकिनेछ । त्यस्तैगरि यो ग्रहणलाई युरोप, एशिया, अस्ट्रेलिया, अपिफ््रका, उत्तरी अमेरीकाका केही भागहरु, दक्षिण अमेरीकाका केही भागहरु, प्यासिपफ्की क्षेत्र, इण्डियन ओसिन, आर्कटिक सागर, एटलान्टिक सागर तथा एन्टार्कटिकाका भागहरुबाट प्रष्ट देख्न सकिन्छ ।
यस दिनमा लाग्ने भनिएको ग्रहण नेपाली समय अनुसार २०८२ साल भाद्र २२ गते रविबार राती १० बजेर ११ मिनेटमा शुरु हुनेछ । खग्रास ग्रहणको मध्य रातीको ११ बजेर ५६ मिनेटमा हुनेछ । यो ग्रहण रातीको १ वजेर ४१ मिनेटमा समाप्ती हुनेछ । यसको अन्तिम स्पर्श ३ बजेर ४४ मिनेटसम्म रहनेछ । यस ग्रहणको पूर्ण अवधि जम्मा ३ घण्टा ३० मिनेटको रहनेछ । धार्मिक तथा शास्त्रीय मान्यता अनुसार जुन स्थानबाट ग्रहणलाई देख्न सकिन्छ त्यो स्थानमा ग्रहणको सुतककाल बार्नुपर्ने हुन्छ । ग्रहणको सुतककाल ग्रहण सुरु हुनुभन्दा तीन प्रहर पहिला अर्थात् ९ घण्टा अगाडि देखि लागू हुन्छ भने विमारी, बृद्ध तथा गर्भवती महिलाहरुको लागि डेढ प्रहर अथवा ४ घण्टा ३० मिनेट पहिलादेखि सुतककाल लाग्दछ । यो सुतककालमा दाउरा बनाउने, घांसकाट्ने, भोजन गर्ने, पूजाको लागि सामग्री तैयार गर्ने, तुलसी पत्र छेदन गर्ने, मन्दिरमा पूजा गर्ने आदि समेत गर्न हुंदैन । सूतककालमा मन्दिरको ढोका समेत बन्द गरेर राखिन्छ भने जतिबेला ग्रहणले छाड्नेछ त्यतिवेला वल्ल स्नानादि गरेर अनि मन्दिरलाई धोइ पखाली गरी पूजा आजा गर्नुपर्दछ ।  
यो ग्रहणको प्रभाव १२ वटा राशिमा पफ्रक–पफ्रक तरीकाले पाइन्छ । मेष देखि मीन राशिसम्म हरेक राशिमा कस्तो प्रभाव दिन्छ ? आउनुहोस् १२ वटै राशिको ग्रहणको कारणले दिने प्रभावको बारेमा कुराकानी गरौं ।

शुरुवातमा रहेको छ मेष राशि – मेष राशिका जातकको लागि यो ग्रहणको प्रभाव एकादश भावमा रहनेछ ।जसको कारण अपार धनलाभको अवसर मिल्नेछ । आर्थिक उपार्जनको लागि नयां नयां वाटोहरु खुल्नेछन् । रोकिएका कार्यहरु सुचारु हुनेछन् । यो ग्रहणको प्रभावलाई सकारात्मक लिनको लागि ग्रहणको दर्शन नियमअनुसारले गरेर आवश्यक स्नान दान आदि कर्महरु गर्नुभएमा राम्रो हुनेछ । उपायहरुको लागि अन्तिममा बताउनेछु , संगै रहनुहोला । 
दोश्रो राशि रहेको छ बृष – बृष राशिका जातकहरुका लागि यो चन्द्रग्रहणको प्रभाव दशम भावमा पर्नेछ । यसको प्रभावले हजुरका रोकिएका कामहरु खुल्नेछन् । सुख प्राप्त हुनेछ । तर कर्मक्षेत्रमा सावधानी अपनाउनुहोला , आपफ्न्त तथा साथीहरुबाटै विश्वासघात हुन सक्नेछ । पिताजीको स्वास्थ्यमा केही समस्या अचानक थपिन सक्छ । हजुको नोकरीमा सरुवा हुने , वासस्थान परिवर्तन हुने, कार्यक्षेत्र परिवर्तन हुने सम्भावना समेत बनाएको छ । अन्य कुरामा जे जे भएपनि समग्रमा यो ग्रहणको प्रभावले हजुरलाई सुखी बनाउनेछ ।
अर्को राशि रहेको छ मिथुन – मिथुन राशिका जातकहरुका लागि चन्द्रग्रहणको प्रभाव नवमभावमा पर्नेछ । यसको प्रभावले हजुरको गरिरकेको काममा रुकावट आउन सक्नेछ । भाग्यभावमा नकारात्मक प्रभावलाई बढाउनेछ । पेशा, ब्यावशाय, नोकरी आदि क्षेत्रमा समस्या आउनसक्छ । राम्रोसंग काम गर्नुहोला नत्र अख्तियार लाग्न सक्छ वा वार्निङ्ग लेटर जारी हुन सक्छ । मुद्दा मामिला वा अनावश्यक भफ्न्भफ्टहरु आइपर्न सक्छ । हरेक कुरामा सावधानी पूर्वक अघि बढ्नुहोला । साथै यो ग्रहणको भफ्क्कुेर पनि दर्शन नगर्नुहोला अथवा ग्रहण नहेर्नुहोला । साथै ग्रहणको समयमा केही उपायहरु गर्नु राम्रो हुनेछ । उपायको लागि अन्तिममा बताउनेछु कृपया संगै रहनुहोला ।
अर्को राशि रहेको छ कर्कट – कर्कट राशिका जातकहरुका लागि चन्द्रग्रहणको प्रभाव अष्टमभावमा पर्नेछ । यसको प्रभावले हरेक क्षे    त्रमा तनाव दिन सक्छ । विशेष गरेर रोग तथा विमारीको अवस्था श्रृजना गराउन सक्छ भने पहिला देखिनै कुनै उपचार गराइरहनु भएको छ वा नियमीत औषधि सेवन गर्ने गर्नुभएको छ भने यो समय निकै सावधान रहनुपर्नेछ । कतिवेला समस्या आउंछ थाहै पाइंदैन अथवा अचानक समस्या थपिन सक्छ । यो समयमा चोटपटक, दूर्घटना तथा कुनै चीरपफर वा अपरेशन समेत गराउन सक्ने भएकोले सावधान रहनुहोला । साथै ग्रहणलाई कुनै पनि हालतमा नहेर्नुहोला । उपायको लागि ग्रहणको समयमा केही उपायहरु गर्नु राम्रो हुनेछ जसको लागि यो समग्रीको अन्तिममा बताउनेछु कृपया संगै रहनुहोला । 
अर्को राशि रहेको छ सिंह राशि – सिंह राशि हुने जातकहरुका लागि चन्द्रग्रहणको प्रभाव सप्तम भावमा पर्नेछ । जसको प्रभावले बैबाहिक जिवनमा समस्याहरु ल्याउनेछ । पहिलादेखि नै केही समस्यामा हुनुहुन्छ भने अव जोगाउन गारो छ । कसैसंग पनि माया प्रेममा नपर्नुहोला अव यो समयमा धोका खान सकिनेछ । घर परिवारमा सामाञ्जस्यता कायम गर्दै शान्त भएर घर परिवार सम्हाल्नुपर्ने समय रहेकोले कुनै पनि किसीमका वाद–विवाद आदि नगर्नुहोला । श्रीमान् वा श्रीमतीको स्वास्थ्यमा समस्या थपिनाले अभफ् बढी तनाव हुनु स्वाभाविकै हो । यो समयमा साभफ्दोरी काम गर्नुभएको छ भने पनि सचेत हुनुहोला । पर्टनरसंग विवाद पर्नेछ । मन मिल्ने छैन । निर्णयहरु कुनै पनि आपफ्लूे एकलौटी रुपमा नगर्नुहोला । र यो ग्रहणलाई नहेर्नुहोला । साथै शुभ पफ्ल प्राप्तिको लागि ग्रहणको समयमा केही उपायहरु समेत गर्न नभुल्नुहोला । उपायहरुको बारेमा अन्तिममा बताउनेछु । कृपया संगै रहनुहोला । 
अर्को राशि रहेको छ कन्या – कन्या राशि हुने जातकका लागि चन्द्रग्रहणको प्रभाव हजुरको षष्ठम भावमा पर्नेछ । जसको प्रभावले हजुरलाई चौतपफर्् ीसुख प्राप्त हुनेछ । यो समयले हजुरलाई भाग्योदय नै गराउनेछ । कुनै मुद्दा मामिलाहरु छन् भने यो समयमा हजुरको जित सुनिश्चित गराउनेछ । रोग ब्याधि कम हुनेछ । सत्रुहरु आपफ्ैं साइड लाग्नेछन् । आपफ्न्तहरु संगको सम्बन्धमा सुधार हुनेछ । विदेश हुनुहुन्छ भने भफ्न् सजिलोसंग सपफ्लता प्राप्त हुने समय आएको छ । कृपया ग्रहणको दर्शन गर्दा  सामान्य नियमहरु अवलम्वन गरेर मात्र दर्शन गर्नुहोला । हजुरलाई यो चन्द्रग्रहणले मालामाल बनाउने देखिएको छ । साथै ग्रहणबाट शुभ प्रभाव प्राप्त गर्नको लागि के के गर्नुपर्छ त्यसको लागि अन्तिमसम्म रहनुहोला । 
अर्को राशि रहेको छ तुला – तुला राशि हुने जातकका लागि चन्द्रग्रहणको प्रभाव हजुरको पञ्चम भावमा पर्नेछ । जसको प्रभावले हजुरलाई मानसिक चिन्ता तथा समस्या थपिन सक्छ । यसले विद्या, बुद्धि तथा सन्तानको लागि अशुभ प्रभाव दिनेछ । विद्यार्थी वर्गको लागि कठिन परिस्थितीको सामना गर्नुपर्ला । यदि गर्भवती हुनुहुन्छ भने एकदमै सचेत रहनुहोला साथै गर्भको शिषुको लागि समेत विशेष ख्याल राख्नुहोला । कुर्न पनि काममा गरिने निर्णयहरुमा गम्भीर त्रुटी हुनसक्ने भएकोले कार्यक्षेत्रमा समेत समस्यारु आउने देखिएको छ । अनावश्यक खर्च समेत बढ्ने हुनाले आयक्षेत्रमा गम्भीर प्रभाव पार्नेछ । हजुर तुला राशि हुने जातकले यो ग्रहणको ग्रहणकालमा घर बाहिर ननिस्कने तथा ग्रहणदोष शान्तिका लागि उपायहरु समेत गर्नुहोला । साथै उपायहरुको लागि अन्तिमसम्म संगै रहनुहोला ।
अर्को राशि रहेको छ बृश्चिक – बृश्चिक राशि हुने जातकका लागि यसपालीको ग्रहणको प्रभाव हजुरको राशिबाट चतुर्थ भावमा पर्नेछ जसको प्रभावले हजुरलाई  अनावश्यक धन खर्च गराउनेछ । गरिरहेको काममा बाधा ब्यावधान, रुकावट तथा अनावश्यक भफ्न्भफ्ट आदि दिनेछ । माताजीको स्वास्थ्यमा अचानक समस्या आउन सक्नेछ । अनावश्यक यात्रा तथा खर्च गराउनेछ । तर नयां अवसरहरु भने यो प्रभावमा मनग्गे आउनेछन् तथापि समयलाई चिन्न वा कुनै पनि निर्णय लिंदा गल्ति हुन जानाले कार्यमा असपफ्लता र निरासापन हात लाग्न सक्नेछ । समयलाई चिनेर निर्णय लिन सकेमा सपफ्ल हुन सकिनेछ । यो प्रभावमा रोकिएका कार्यहरुले भने रपफ््तार लिनेछन् । हजुरको आपफ््नै स्वास्थ्यमा समेत  केही चुनौतीहरु थपिनाले जटिल परिस्थिति समेत बन्न सक्नेछ । यदि पहिलादेखि नै कुनै रोगको चपेटामा हुनुहुन्छ वा नियमित औषधि सेवन गर्ने हुनुहुन्छ भने सावधान रहनुहोला । हजुर बृश्चिक राशि हुनेले यसपालीको ग्रहण भफ्क्कुेर पनि नहेर्नुहोला । साथै ग्रहणको अवधिमा केही उपायहरु समेत गरेर अशुभ प्रभावबाट बच्न सक्नुहुनेछ । उपायहरुको लागि हामी अन्तिममा बताउने छौं कृपया संगै रहनुहोला । 
अर्को राशि रहेको छ धनु – धनु राशि हुने जातकका लागि यसपालीको ग्रहणको प्रभाव हजुरको राशिबाट तृतीय भावमा पर्नेछ जसको प्रभावले हजुरलाई चौतपफर्् ीसपफ्लता मिल्नेछ । जताततै पफ्लिपफप हुने तथा भाग्योदयको समय आएको छ । यो ग्रहणको प्रभावले हजुरको सुस्थाएको आर्थिक अवस्था एक्कासी सक्रिय हुनेछ । आम्दानीका नयां नयां अवसरहरु आउनेछन् । हरेक लगानीमा राम्रो प्रतिपफ्ल प्राप्त हुने समय रहेको छ । दाजुभाई तथा आपफ्न्तहरुसंगको सम्बन्धमा सुधार भई पूर्ण सहयोग प्राप्त हुनेछ । लक्ष्मीप्राप्तिको योग बनेकोले आर्थिक उपार्जनको क्षेत्रमा राम्रो प्रगति हुने देखिएको छ । हजुर धनु राशि हुने ब्यक्तिले ग्रहणलाई आवश्यक सावधानी अपनाएर दर्शन गर्न सक्नुहुनेछ साथै शुभ पफ्ल प्राप्तिका लागि ग्रहणकालमा उपायहरु समेत गर्न सक्नुहुनेछ । 
अर्को राशि रहेको छ मकर – मकर राशि हुने जातकका लागि यसपालीको ग्रहणको प्रभाव हजुरको राशिबाट द्वितीय भावमा पर्नेछ जसको प्रभावले हजुरलाई आर्थिक समस्या, अचानक धन हानीको अवस्था, गरिरहेको ब्यापार ब्यावशाय तथा आन्दानीको श्रोतमा समस्या, सर्टटर्म लगानीमा धोका तथा हरेक कुराहरुमा प्राय क्षति बेहोर्नुपर्ने देखिएको छ । कुटुम्ब पक्ष तथा आपफ्न्त इष्टमित्रहरु संगको सम्बन्धमा मन–मुटावको स्थिति बन्नेछ । बोलीको प्रभाव नकारात्मक आउनेछ अर्थात बोल्दा विचार पुर्यार बोल्नुहोला । घांटी सम्बन्धि समस्या आउन सक्नेछ । शेयरमा लगानी गर्नेहरुको लागि यो समय पहिचान गर्न गारो छ अथवा लोभ्यायर ठुलो नोक्सानी दिन सक्छ त्यसकारण आवेशमा आएर लगानी नगर्नु बुद्धिमानी हुनेछ । कसैलाई पनि विश्वास गरेर धन दिनुभएका पिर्फ्ता नहुन सक्ने भएकोले हजुरले ब्याजको लोभमा परेर वा पेवा पातो लाई सुटुक्क बाहिर गर्नु भएको लगानीले गृहकलह तथा लगानी डुब्ने सम्भावना बलियो भएकोले कृपया विचार गर्नुहोला । यो प्रभावलाई न्यूनिकरण गर्नको लागि ग्रहणको समयमा उपायहरु गर्न सक्नुहुनेछ सार्थ भफ्क्कुेर पनि ग्रहण नहेर्नुहुनको लागि पनि हजुरलाइ सुभफव दिएका छौं । 
अर्को राशि रहेको छ कुम्भ – कुम्भ राशि हुने जातकका लागि चन्द्रग्रहणको प्रभाव हजुरको राशिबाट प्रथम भावमा पर्नेछ जसको प्रभावले हजुरलाई चौतपफर्् ीसमस्याहरु दिनेछ । शारीरिक रुपमा कमजोर बनाउनेछ भने बौद्धिक क्षमतामा समेत ह्रास आउनेछ । अनेक किसिमका रोगहरुले दुख दिन सक्नेछन् भने मानसिक रुपमा समेत कमजोर महशुष गर्नुहुनेछ । श्रीमान् तथा श्रीमती विचमा तनाव तथा स्वास्थ्यमा समेत समस्या आउन सक्ने देखिएको छ । कुनै लगानी वा ठूला कार्यहरु आंट्नुभएको छ भने कृपया धेरै विचार गर्नुहोला यतिवेला अनावश्यक लगानीमा मन जाने तथा क्षती समेत बेहोर्नुपर्ने स्थिति बन्न सक्छ । हजुर कुम्भ राशिका जातकले कृपया यसपालीको ग्रहणलाई नहेर्नुहोला साथै यो ग्रहणको अशुभ प्रभावबाट बच्नको लागि हजुरले ग्रहणकालमा उपायहरु गर्न सक्नुहुनेछ । उपायको लागि कृपया अन्तिमसम्म संगै रहनुहोला ।
अन्तिम राशि रहेको छ मीन – मीन राशि हुने जातकका लागि आगामि ग्रहणको प्रभाव हजुरको राशिबाट द्वादश भावमा पर्नेछ जसको प्रभावले हजुरलाई आम्दानी भन्दा खर्च बढी गराउनेछ । यो समयको लगानीले हजुरलाई सपफ्लता दिनेछैन त्यसकारण लगानी नगर्नु नै वेश हुनेछ । खर्चमा मितव्ययीता अपनाएर यो समयको प्रभावलाई ब्यालेन्समा राख्नुहोला । यो समयमा शत्रुहरु समेत हावी हुनसक्ने भएकोले कुनैपनि विवाद तथा भफ्मेलामा समेत नपफ्स्नुहोला । यो समयमा धार्मिक यात्राको अवसर तथा सत्सङ्गको अवसर समेत मिल्न सक्नेछ साथै गूरुदीक्षा तथा गुरु निर्देशनमा अघि बढ्नु भएमा अध्यात्मिक लाभ प्राप्त गर्न सक्नुहुनेछ । यो समयले विदेशका केही रोकिएका कामहरुलाई खुलाएपनि घर–परिवार अथवा गृहस्थि जिवनमा भने अनेक प्रकारका समस्याहरु दिनेछन् । हजुर मीन राशि हुने ब्यक्तिले यो ग्रहणलाई नहेर्नुहोला साथै यसबाट पर्ने अशुभ प्रभावलाई कम गर्न तथा शुभ पफ्लमा बृद्धि गराउनको लागि हजुरले ग्रहणकालमा उपायहरु गर्न सक्नुहुनेछ । 
यो खग्रास चन्द्रग्रहणको अशुभ प्रभावबाट बच्नको लागि यहांहरु हरेक राशिका जातकहरुले ग्रहण शुरु हुनभन्दा ९ घण्टा अगाडि देखि नै सुतककाल लाई बार्नुहोला अथवा सुतककालमा समेत नियमलाई पालना गर्नुहोला । यो समयमा भोजन तथा अन्य कार्यहरु समेत निषेध गरिएको छ । ग्रहणको अवधिमा सुत्न नहुने , खान नहुने, मलमूत्र त्याग गर्न नहुने, मैथुनादि कर्म गर्न नहुने, शरीरमा तेल घस्ने वा बुकुवा लगाउने आदि गर्न नहुने आदि जस्ता नियमहरुलाई पालना गर्नुहोला । ग्रहणकालमा गुरुमन्त्र जप, गायत्रीमन्त्र जप, इष्टमन्त्रजप, ग्रहणको विशेष हवन, गंगास्नान, गोदान, सिद्धान्न दान, दुखि गरिब असहायलाई सहयोग आदि कार्यहरु गर्नु राम्रो मानिन्छ । यसपालीको ग्रहण विशेष गरि कुम्भ राशि (शतभिषा तथा पूर्वभाद्रपद नक्षत्र) का जातकहरुको लागि एकदमै सावधानी पूर्वक ग्रहणका सवै नियमलाई पालना तथा दान पुण्य समेतका कार्यहरु गरेर अशुभ प्रभावबाट बच्न सकिन्छ । साथै ग्रहण हेर्नका लागि राम्रो रहेका राशिहरुले समेत ग्रहणलाई हेर्दा खुल्ला आंखाले नहेर्न अथवा कुनै भांडो वर्तनमा पानी राखेर ग्रहणलाई हेर्नुहुन वा सेपफ््टी चस्माको प्रयोग गरेर हेर्नको लागि पनि सुभफब दिइन्छ । 
दर्शकवृन्द हजुरलाई यो सामग्री कस्तो लाग्यो ? यदि राम्रो लाग्यो भने कृपया हामीलाई पफ्लो गर्न नभुल्नुहोला । साथै हामीलाई टिकटकमा समेत ज्योतिष सेवा सदन भनेर खोजी गर्नुभएमा सजिलै भेट्न सक्नुहुनेछ । अन्तिमसम्म संगै रहनुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दै धेरै धेरै आशिर्वादको साथमा यो सामग्रीबाट म एष्ट्रोलोजर प्रेमानन्द शास्त्री विदा माग्छु । जयश्रीकृष्ण, प्रणाम ।। राधे राधे ।।

2025-07-15

सामुहिक पूजा सम्बन्धि जानकारी ।

सामुहिक कालशर्प शान्ति पूजा कार्यक्रम २०८२

जयश्रीकृष्ण, प्रणाम् ।।

यदि हजुरकाे जन्मकुण्डलीमा कालशर्पदेाष, पितृदाेष, ग्रहणदाेष, विषदाेष, अङ्गारकदेाष, शनिमङ्गलदाेष, माङ्गलिकदाेष, बैधब्यदाेष तथा राहु केतु जनित हरेक दाेषहरू बनेका छन् र सवै कुरामा तनाब भाेगिरहनु भएकाे छ भने एक पटक जन्मकुण्डली परामर्श लिएर उचित शान्ति गर्नु भएमा दाेषबाट छुटकारा पाउन सकिन्छ । यहि अागामि नागपञ्चमीका दिनमा हरेक बर्षहरूमा झैं यस वर्षमा पनि कालशर्पदाेष काे निवारणका लागि सामिहिक शान्ति पूजाकाे अायाेजना गरिएकाेले सिट सिमित भएकाे हुंदा यथासक्य छिटाे सम्पर्क गरि नाम दर्ता गराइ अाफ्नाे स्थान सुरक्षित गराउनुहाेला । साथै जन्मकुण्डलीमा कालशर्प देाष छ कि छैन भनेर जान्नकाे लागि तथा सम्पूर्ण कुण्डली परामर्शकाे लागि ज्याेतिष सेवा सदनमा सम्पर्क गर्न सक्नुहुनेछ । देश विदेशबाट पनि अनलाइन मार्फत् सम्पूर्ण ज्याेतिषिय परामर्श सेवा लिन सक्नुहुनेछ । अागामि सामुहिक शान्ति पूजा कार्यक्रम हुने मिति, समय र स्थान सम्बन्धि जानकारी यस प्रकार रहेकाे छ । 

अायाेजक - ज्याेतिष सेवा सदन

पूजा हुने मिति - २०८२ श्रावण १३ गते ( नागपञ्चमीकाे दिन)

सम्पर्क मिति - २०८२ श्रावण ९ गते सम्ममा नाम दर्ता गर्नुपर्ने ।

पूजा स्थान - श्री१०८ काेटीहाेम हवन कुण्ड स्थल (श्रीपञ्चकन्या माता मन्दिर)

                रत्ननगर नगरपालिका वडा नं. १२, चितवन, बागमती प्रदेश, नेपाल।

सम्कर्क नं. - 9865482777 / 9845026095

Whatsapp No. +9779855062999/ +971506802475

 

 
2025-04-25

मातातीर्थ औंसी– आमा खुवाउने औंसी 2082

मातातीर्थ औंसी २०८२
जयश्रीकृष्ण, प्रणाम् ।।
आज हामी आउंदै गरेको मातातीर्थ औंसी अर्थात् आमा खुवाउने औंसीको बारेमा बिशेष सामग्री लिएर उपस्थित भएका छौं । 
हरेक वर्ष बैशाखकृष्ण आमावाश्याका दिनमा मनाइने मातातीर्थ औंसी यस बर्ष २०८२ सालको बैशाख १४ गते रबिबार तदनुसार २७ अप्रील सन् २०२५ का दिन परेको छ । यस वर्ष बैशाख १३ गते राती ३ बजेर ५४ मिनेटबाट औंशी तिथी शुरु हुनेछ भने १४ गतेको राती १ बजेर २८ मिनेटसम्म कायम रहनेछ । 

दर्शकवृन्द हरेक बर्षको बैशाख कृष्णपक्षको औंसीका दिनमा पर्ने यो पर्व हाम्रो नेपाली समाजमा बिशेष सम्मान र महत्वका साथमा मनाइने गरिन्छ । नेपालमा यो पर्वलाइ मातातीर्थ औंसीको रुपमा चिनिनुलाइ पनि एउटा छुट्टै स्थान बिशेषको महत्व झल्किएको पाइन्छ । हाम्रो देश नेपालको काठमाण्डौं जिल्लामा पर्ने मातातीर्थ भन्ने स्थानमा यसदिन बिशेष रुपले आमा–बुवा नहुने हरुले विशेष श्राद्घ गरेर आमाको बिशेष पितृ रिनबाट उरिन हुने वा मुक्त हुने तथा आमा बुवाको मृत आत्माको शान्ति र स्वधाम जानको लागि बाटोमा कुनै पनि बाधा ब्यावधान नहोस् भन्नका लागि तर्पण तथा श्राद्घ गर्ने गरिन्छ, त्यसकारणले पनि यस पर्वलाइ मातातीर्थ औंसीका नामले चिनिन्छ ।
मातातीर्थ वा अन्य प्रमुख तीर्थस्थलहरु जस्तै नेपालमा बागमती, कोका कौशिकी, त्रिशुली, सेती वेणी, देवघाट तनहुं, त्रिवेणीधाम परासी, गण्डकी, भेरी, नुवाकोट, मुक्तिनाथ कागवेनी, दामोदर कुण्ड, नजिकैको पोखरी, तलाउ आदि स्थानहरुमा गएर स्नान दान , तर्पण श्राद्घ, पीण्डदान, ब्राम्हण भोजन, कन्याभोजन आदि गरिन्छ भने घरमै बसेर दिपदान, तर्पण, पाठ–पारायण, भागवत, एकाह, पितृसुक्त, गीतापाठ तथा आरती समेत गरि आमाको आत्माको चीर शान्तिको कामना गर्ने गरिन्छ ।

यस दिनमा आमा हुनेहरुले आफ्ना आमालाइ दर्शन गर्ने, आमालाइ मनपर्ने मीठा–मीठा परीकारहरु खुवाउने , कपडा तथा आवश्यकीय सामानलाइ उपहारको रुपमा दिने गरि हर्षोल्लासका साथ मनाइन्छ भने आमा नहुनेहरुले पवित्र तिर्थ, नदि, खोला, तलाउ, इनार पनेरो वा आफ्नै घरमा भएपनि विहानै स्नान गर्ने जनै लगाउने भए जनैलाइ अवसव्य गरेर दक्षिण दिशातीर फर्केर देव्रे घुंडा टेकेर सम्भव भए तर्पण गर्ने, तिलाञ्जली दिने, श्राद्ध गर्ने, जलाञ्जली दिने अथवा आफ्नो चलन चल्ती अनुसार गर्नुर्पदछ । यस दिनमा साधकहरुले मृतआत्माको शान्तिको लागि हवन, जप, ध्यान आदि गर्ने तथा त्यस्तै यस दिनमा गीता पाठ, भागवत पाठ, पितृसुक्त पाठ, एकाह पाठ पारायण तथा पितृहवन, आरती समेत गर्ने चलन रहेको पाइन्छ । यस दिनमा दिवङ्गत आत्माको शान्तिको लागि यो मन्त्र पढेर तीन अञ्जुली जल दक्षिण दिशातीर तर्पणको रुपमा दिनुभयो भने पनि हजुर हाम्रा पितृहरु तृप्त हुनेछन् । मन्त्र यसप्रकार रहेको छ ।

ओम देवताभ्य पितृभ्यस्च महायोगि भ्यएवच, नम: स्वहायै स्वधायै नित्यमेव नमोनम: ।। ओम सर्वपितृभ्य नम: ।।
हाम्रा शास्त्रहरुले पनि मातृशक्ति तथा आमाको महत्वका बारेमा धेरै विचारहरु ब्यक्त गरेका छन् – जस्तै  नास्तिगङ्गा समंतिर्थ नास्ति मातृसमो गुरु । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि । अर्थात् गङ्गा समान कुनै तीर्थ हुंदैन र आमा समान कुनै गुरु पनि हुंदैनन्, आफ्नो आमा र आफू जन्मेको भूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ । 
अब्राहम लिंकनले पनि भनेका छन् कि जो मान्छेको साथमा आमा हुन्छिन् त्यो मान्छे कहिले पनि गरिब हुंदैन । यस दिन हजुरहरु पनि आमाको गुणानूवाद गाउंदै, आमालाइ सम्मान दिंदै, संसारका आमाहरुप्रति सहानुभूति प्रकट गर्दै आआफ्नो स्थानबाट मातातीर्थ पर्वलाई विशेष धुमधामका साथ मनाऔं , यहांहरु सवैलाई आमा खुवाउने औंसीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना । जयश्रीकृष्ण, प्रणाम ।